प्रवृधिमा नयाँ परिचय | Parichaya, Gets Featured in Rajhdhani
प्रायः नेपाली युवाको सपना हुन्छ, विदेश जाउँ र पैसा कमाउँ । यही कारण पनि वर्षेनी युवाहरु पैसा कमाउने लोभले विदेश पुग्छन् । पछिल्लो समय इन्जिनियङिका युवाहरुमा झन् विदेश मोह बढ्दै गइरहेको छ । तर, सबै युवामा त्यही सोच भने पक्कै छैन । त्यही प्रमाणित गरिदिएका छन् केही युवाले ।नेपालमा नै बसेर उनीहरुले सफ्टवयर विकास गर्ने क्रम शुरु गरिसकेका छन् ।
उनीहरुले आफ्नो प्रयासमा पहिलो सफ्टवेयर परिचय र दोस्रो परिवर्तन पनि विकास गरिसकेका छन् । चितवनका अन्जन भट्टराई, गौशालाका उज्जवल मिश्र र पोखराका विमल केसीलागयतका केही युवाले नेपाललाई पनि सूचना प्रविधिको नयाँ आयाम पत्ता लगाउने क्रम शुरु गरेका हुन् ।
लामो अध्ययनपछि विकास गरिएको परिचय शिक्षण संस्थाहरुलाई उपयोगी हुने उनीहरुको दाबी छ । परिचयमा स्कुलहरुले आफ्ना विद्यार्थीको रेकर्ड राख्न सक्छन्, उनीहरुलाई विदाको बारेमा एकैपटक एसएमएस गरेर जानकारी पनि गराउन सक्छन् । त्यस्तै विद्यार्थीलाई उनीहरुको जाँचअन्य जानकारी पनि सजिलै सो सफ्टवयरबाट गर्न सक्छन् । ‘हामीले शैक्षिक संस्थाको वातावरण र कार्यक्षमतालाई चुस्तदुस्त बनाउने प्रयास गरेका हौं,’ सफ्टवेयरका निर्मार्ता २४ वर्षीयविमल केसी भन्छन्, ‘हाम्रो शैक्षिक प्रणालीलाई राम्रो बनाउन सकेमात्र नेपालको भविष्य शिक्षामा राम्रो हुने हाम्रो सोच छ ।’
युवाहरु देशका कर्याधार हुन् भन्ने यी युवाको सोचले पुष्टि गर्छ । अवसर पाएर पनि विदेशमा नगइ नेपाली समाजलाई नै आफूले अध्ययन गरेको विषयबाट पुष्टि गर्ने यी युवाको सोचलाई कदर गर्नै पर्छ । उनीहरुले विकास गरेको परिचयमा नेपाली शिक्षण संस्थालाई नजिकैबाट विद्यार्थीलाई ध्यान दिने सुविधा पनि छ । त्यस्तै, यी युवाको परिवर्तन नामक सफ्टवेयरले पनि शिक्षणसंस्थामा नै केन्द्रित छ । ‘यस अघि पनि विद्यालय लक्षित सफ्टवेयर नबनेका होइनन्, तरसबै व्यवसायिक रुपमा अभिप्रेरित थिए,’ अन्जन भन्छन्, ‘हामीले भने त्यसलाई नसोची कसरी शिक्षक र विद्यालयले आफ्ना विद्यार्थीसँग अन्तक्रिया गर्न सक्छन् भन्नेमा जोड दिएका छौं ।’ उनीहरु सोही सफ्टवेयरको मार्फत दैनिक हाजिरी पनि गर्न सकिने बताँछन् । ‘त्यसले समय वचत पनि हुन्छ’ उज्जवल भन्छन्, ‘विश्वमा विकास हुँदै गएको प्रवृधिले नेपालमा पनि धेरै सहयोग गर्छ ।’
