तिम्रो मुभी मलाई राम्रो लाग्यो| सबैलाई राम्रो लागेको छ |

भाई,

तिम्रो मुभी मलाई राम्रो लाग्यो| सबैलाई राम्रो लागेको छ , मलाई पनि राम्रो लाग्यो | तर सबैले राम्रो राम्रो भनेर सानो तिनो गल्ती हरु देखाईदियिएन भने गल्ति भएको थाहा नै हुँदैन अनि फेरी त्यो गल्ति दोहोरिन सक्छ | हैन त ? मैले यहाँ तिमीलाई “constructive feedback” दिदै छु है |

मैले दिउसो नै हेरेको थिएँ तर मैले कमेन्ट चाहिं गरेको थिईन | मलाई त्यो गोठमा “बुवा बुवा मेरो कबिता पत्रिकामा छापियो” भन्ने सिन आलिकती कम मन-परेको थियो | अलि रियालिस्टिक लागेको थिएन शर्ट-प्यान्ट लगाएर गोठको काम अनि पराल हाल्दा पनि अलिकती नमिलेको जस्तो लागेको थियो | म फिल्मको काम गर्ने मान्छे हैन , त्यसैले मैले त्यो भन्दा धेरै केहि गल्ति देखिन|

मेरो एकजना प्रताप भन्ने साथी छ | उसले यहीं अमेरिका मै फिल्म मेकिंगमा मास्टर्स गरेको छ | अनि मैले यसो सोचें, प्रतापलाई सोधें भने उसले देखेको गल्तिहरु भन्दिन्छ, अनि भाईले अर्को पटक फेरी त्यो कमजोरीलाई सच्याउँछ| अनि प्रतापलाई गएर तिम्रो भिडियो देखाएँ | उसले धेरै कुराहरु भन्यो , मैले सम्झेका केहि कुराहरु यहाँ लेख्दै छु है|

फिल्म शुरुहुँदाको चन्द्रमाको Foreground मा कृति लेखेको animation राम्रो छ | Editing मा केहि कमजोरीहरु छन | सबै भन्दा पहिलो फ्रेम 0:41-0:42, नभएको भए हुन्थ्यो किनकि त्यस्पछीको सिनले पनि त्यहि देखाउँछ|

अनि अर्को 180 degree rule भन्ने हुन्छ रे फिल्म मेकिंगमा जुन सकेसम्म तोड्नै हुन्न रे | Tractor को सिनमा त्यो ब्रेक भाको छ रे | अब त्यस्तो टेक्निकल कुरो तिमिहरुलाई नै थाहा होला | अनि कलर effect मा अलि धेरै ध्यान पुर्याउनु रे | जस्तो 2:12 मा हरियो tint छ , 2:14 मा रातो अनि फेरी 2:17 मा फेरी उज्यालो छ | जबकी यो सबै एउटै चौरको एकै बेलाको सिन हो | यस्तो कुराहरु ध्यान दियिएन भने दर्शक lose their attention, अनि पुरै मुभी खल्लो हुन्छ रे | त्यस्तै मेन क्यारेक्टर हाम्फाल्ने बेलामा पनि त्रुटी भएको छ रे | ऊ हामफाल्दाको color effect कस्तो छ , अनि तिमिहरु दौडीदा फेरी अर्कै रंगको देखिन्छ | यो सबै कुराहरु बिचार गर्नु पर्छ रे |

त्यस्तै मेन क्यारेक्टर हामफाल्दा उज्यालो छ, तिमिहरु त्यहाँ दौडीदा पनि उज्यालै छ तर तिमीहरुलाई अगाडीबाट खिचेको सिन चै फेरी अध्यारो छ| सके सम्म colorमा consistency गर्नुपर्छ रे |

उसले भनेको पुरै मुभीको बेस्ट पार्ट चै मेन क्यरेक्टर लाई protrait गरेको तरिका | कथामा कहीं पनि मेन क्यारेक्टरलाई सिधा तरिकाले देखाईएको छैन | दर्शकलाई यो कस्तो होला भन्ने उत्सुकता रही रहन्छ र मुभी बाट attention हट्दैन |

भाईले बनाएको मुभीमा मैले “आहा कती राम्रो “ वा “छ्या भएन” जस्तो २ शब्दको मात्र कमेन्ट दिन्छु होला त ? special मान्छेलाई भेटेर राम्रो लाई राम्रो र कमजोरी लाई सच्याउ भन्न सक्ने दाई हुँ म त |

– Ujjwol Poudel [USA]