सधैंजस्तो सप्तरंगमा आज चिनिएको अनुहार छैन, सामान्य नेपाली युवा छन्, अञ्जन भट्टराई । चितवनका अञ्जन भट्टराई अहिले अध्ययनको सिलसिलामा फ्रान्सको पेरिसमा छन् । शुक्रबार रेस्टुरेन्ट, कन्सर्ट हल र रंगशालालगायत पाँच स्थानमा एकैपटक भएका आतंककारी आक्रमणले अहिले पेरिस शोकमग्न छ । पेरिस आक्रमणको विश्वभर निन्दा गरिएको छ । त्यही पेरिसमा झन्डै डेढ …

पढाईमा दक्खल व्यक्तिलाई कसरी गलत बाटोमा लाग्न बिबस पारिन्छ, कसरी घर परिवारबाट दबाब दियिनछ भन्ने कुराको सचित्र ब्याख्या मुभीमा देख्न सकिन्छ जुन मलाई लाग्छ नेपाल को वर्तमान परिस्तिती को दर्पण हो. घरपरिवार को दबाबलाई मध्यनज़र गर्दै अघि बढ्नु सामाजिक परिस्तिथि संग सिंगौरी खेल्नु, अनी आफुलाई पनि देश, काल अनी परिस्तिथि अनुरुप अघि बढाउनु ले जिन्दगि मा जस्तो दुख परे पनि अघि बढ्न सन्देस दिन्छ.
यस्तै अरु पनि नयाँ नयाँ मुभी चाडै हेर्न पाइयोस। सफलता को लागि फेरी पनि साधुबाद भन्दै अहिलेलाई अस्ताएे है त…..
सर्बप्रथम त मुभी “क्रीती” बनाउनुभएकोमा धन्यबाद र यसको सफलताको कामना… हुन त म समिक्षक हैन र मैले समिक्षा गर्न जानेको पनि छैन र मलाई मुभी बनाउने प्राबिधिक कुराहरु को ज्ञान पनि छैन।
भाई,
तिम्रो मुभी मलाई राम्रो लाग्यो| सबैलाई राम्रो लागेको छ , मलाई पनि राम्रो लाग्यो | तर सबैले राम्रो राम्रो भनेर सानो तिनो गल्ती हरु देखाईदियिएन भने गल्ति भएको थाहा नै हुँदैन अनि फेरी त्यो गल्ति दोहोरिन सक्छ | हैन त ? मैले यहाँ तिमीलाई “constructive feedback” दिदै छु है |
अन्जन खनाल
यात्राहरू सधैं रोमाञ्चक हुन्छन् । योजना बनाएर यात्रा गरियोस् या योजनाविना नै यात्रा किन नगरियोस्, यात्राहरूले शरीरमा नयाँ रक्तसञ्चार गरिदिन्छन् । कुनै पनि नयाँ ठाउँको रहनसहन तथा संस्कृतिले यात्रालाई थप ऊर्जा प्रदान गर्छ र शरीरमा नयाँ जोस प्रदान गरिदिन्छ । तर, कसरी तय हुन्छन्, जिन्दगीमा यात्राहरू ? साथी वा परिवारसँग मिल्नुपर्छ, यात्रा तयका लागि कुनै पनि समस्या नै पर्दैन । त्यस्तै थियो, हाम्रो कुनै योजनाविना नै तय भएको मुक्तिनाथ यात्रा ।

अहिले काठमाडौंमा व्यापक रूपमा क्यान इन्फोटेकको चर्चा सुरु भएको छ । युवा वर्गमा यसको आफ्नो छुट्टै महŒव छ । युवाहरू पछिल्लो समय विकास भएका विभिन्न प्रविधिका बारे विशेष चासो राख्छन् । हुन त मुलुकको स्थिति नै प्रविधिलाई साथ दिने खालको पनि छ । हरेक परिवारमा आफ्ना छोरा वा छोरीलाई इन्जिनियर बनाउने सपना पनि प्रत्येक वर्ष बढ्दै गएको छ ।
प्रायः नेपाली युवाको सपना हुन्छ, विदेश जाउँ र पैसा कमाउँ । यही कारण पनि वर्षेनी युवाहरु पैसा कमाउने लोभले विदेश पुग्छन् । पछिल्लो समय इन्जिनियङिका युवाहरुमा झन् विदेश मोह बढ्दै गइरहेको छ । तर, सबै युवामा त्यही सोच भने पक्कै छैन । त्यही प्रमाणित गरिदिएका छन् केही युवाले ।नेपालमा नै बसेर उनीहरुले सफ्टवयर विकास गर्ने क्रम शुरु गरिसकेका छन् ।
पछिल्लो समय इन्जिनियङिका युवाहरु नेपालमा नै बसेर सफ्टवयर विकास गर्ने क्रम शुरु गरिसकेका छन् । उनीहरुले आफ्नो प्रयासमा पहिलो सफ्टवेयर परिचय र दोस्रो परिवर्तन पनि विकास गरिसकेका छन् ।